जिपलाइनमा यसरी हुँइकिए प्रचण्ड (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
221
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिएका छन् ।

पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुगेका उनले आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उनको भनाइ छ । सिन्धुपाल्चोकका केदार थापा (३८ वर्ष) (अध्यक्ष) र काठमाडौंका भूपेश श्रेष्ठ (२९ वर्ष)ले वल्ड वाइड एड्भेन्चर प्रा. लि. मार्फत् धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन् । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्याण्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौंबाट करिव ३५ किलोमीटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सुरु भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ । खावास्थित ‘ल्याण्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?