बझाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बझाङमा सडक अवरुद्ध भएको हुँदा जनताको सेवाको लागि अर्को जहाज सुचारु गर्ने बताएका छन् ।
बाढी पहिरो तथा डुबानको निरीक्षण गर्न बझाङ पुगेका मन्त्री आलेले सो कुरा बताएका हुन् ।
बझाङमा केही महिनादेखि सेवा दिँदै आएको समिट एयरलाइन्सले आफूखुशी तथा आफ्ना पार्टीका मान्छेहरुलाई मात्र प्राथमिकता दिने गरेको भन्दै एकीकृत समाजवादी पार्टीका नेता लक्ष्मीराज जोशीले मन्त्री आलेको ध्यानाकर्षण गराएका थिए ।
नेता जोशीसहितका नेता कार्यकर्ता र आम सर्वसाधारणसँग कुराकानी गर्दै मन्त्री आलेले बझाङमा छिटोभन्दा छिटो अर्को जाहाज सुचारू गर्ने बताए ।
केही महिनादेखि समिट एयरले आफूखुसी बढी भाडा लिएको बताउँदै भाडादर घटाउनुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले मन्त्री आलेलाई समस्या समाधान गर्न अनुरोध गरेका थिए ।
प्रधानमन्त्रीसहित मन्त्रीहरुको टोली बिहीबारदेखि सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा बाढी पहिरो र डुबानको निरीक्षण गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया