प्रदेश १ : आज प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री आचार्यले विश्वासको मत प्रस्ताव टेबल गर्ने

लोकपथ
195
Shares

काठमाडौं । प्रदेश नम्बर १ मा आज प्रदेश सभा बैठक बस्दैछ ।

प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको प्रदेश सभा बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रस्ताव टेबल गर्ने जनाइएको छ ।

संविधानत्ः दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री आचार्यले ४३ औँ दिनमा विश्वासको मत लिने प्रस्ताव टेबल गर्दैछन् ।

प्रदेश १ मा विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् भने सत्तारुढ एमालेसँग ४१ जना सांसद रहेका छन् । बहुमत पुर्‍याउन ४७ जना सांसदको आवश्यकता पर्ने हुँदा मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने स्पष्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?