१३ मङ्सिर २०७८, सोमवार

सुदूरपश्चिममा थप २० जनामा सङ्क्रमण पुष्टि

२०७८,कार्तिक,४,बिहीवार २२:०२

72
Shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६२४ जनाको नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पन्ध्र जनामा आरडिटी पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल ११, डडेल्धुरा अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

प्रकाशित मिति: २०७८,कार्तिक,४,बिहीवार २२:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सधैं संचार जगतबारे गम्भीर रहेको बताएका छन्। ‘प्रदेश सरकार सञ्चार क्षेत्रप्रति

धनगढी । किसानहरूले यस वर्ष उत्पादन गरेको धान सरकारले खरिद गर्न सकेको छैन । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति पदका लागि कैलालीको लम्की चुहा नगरपालिकाका नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२