कुमारी बैंकको नयाँ शाखा सिफलमा

लोकपथ
104
Shares

काठमाडौँ — कुमारी बैंकले बागमती प्रदेशको काठमाडौ महानगरपालिका वडा नं. ८, स्थित सिफलमा थप शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा समेत बागमती प्रदेशमा बैंकको शाखा संख्या ८४ पुगेको छ ।

नयाँ शाखा कार्यालय मार्फत उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई व्यवसाय वृद्धिमा वित्तीय सहयोग पुग्ने बैंकले जनाएको छ । देशभर बैंकको १९६ शाखा, १७३ एटिएम, १४ विस्तारित काउन्टर संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?