काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएपछि परराष्ट्र मन्त्रालयले मोदीको नेपाल बसाईको भ्रमण तालिका सार्वजनिक गरेको छ ।
यही वैशाख २८ र २९ गते नेपाल भ्रमणमा रहने मोदीलाई २८ गते टुँडिखेलमा नागरिक अभिनन्दन गरिने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने जनाएको हो ।
मोदीलाई काठमाडौंको टुँडिखेलमा गार्ड अफ अनर समेत दिइनेछ भने प्रधानमन्त्री केपी ओलीसँग भेट्ने कार्यक्रम समेत रहेको बताइएको छ ।
नेपाल बसाईका क्रममा मोदी मुक्तिनाथ र जनकपुरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री ओली र मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको रिमोटमार्फत शिल्यान्यास गर्नेछन् । त्यस्तै मोदी जनकपुरमा जानकी मन्दिरको पूजा पनि गर्नेछन् ।
प्रदेश २ को सरकारले मोदी आउने दिन उक्त प्रदेशमा विदा दिने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया