१२ मङ्सिर २०७८, आईतवार

एमालेले दियो सरकारलाई यस्तो चेतावनी

२०७४,आश्विन,२४,मंगलवार ०७:२०

0
Shares

काठमाडौं, २४ असोज– एमालेले सरकारले आगामी मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नसार्न सरकारलाई चेतावनी दिएको छ ।एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो । ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो । सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु आचारसंहिता र कानून विपरितको काम हो ’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम राववले भने, ‘यो काम सरकारबाट नहोस् ।’उनले एमालेसहितको माओवादी र नयाँ शक्तिबीचको बाम गठबन्धन चुनावको तयारीमा जुटिसकेको भन्दै मिति दायाँबायाँ पार्ने कार्य नगर्न सरकारलाई चेतावनी दिए ।बैठकले बाम गठबन्धनबीच भएको सहमतिअनुसार छिट्टै सिटहरुको बाँडफाँड गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०७:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय

काठमाडौं । नेपाली कांग्रेका नेता भीमसेनदास प्रधानले पार्टीको १४औँ महाधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेता

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस बलियो भएमा मात्र नेपालमा लोकतन्त्र सुदृढ भई संविधान कार्यान्वयनमा सहज हुने बताएका छन्

ताजा समाचार