‘ओलीको कारण अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो’

लोकपथ
663
Shares

काठमाडौं । बागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री एवं एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले वर्तमान गठबन्धन निर्वाचित तानाशाहको विरुद्ध उठेको गठबन्धन भएको बताएका छन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । ‘नेपालमा निर्वाचित तानाशाहको विरुद्धमा उभिएको गठबन्धन हो ।’ उनले भने ।

त्यस्तै सांसद पाण्डेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कारण आजको दिन आएको आरोप लगाएका छन् ।

वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यप्रति व्यक्तिगत रुपमा सम्मान रहेको बताउँदै ओलीको कारण आफू शाक्यको विरुद्ध उभिन परेको बताए । ‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो ।’ उनले भने ।

त्यस्तै वर्तमान गठबन्धनको नेतृत्वमा सहज रुपमा सरकार बन्ने बताउँदै सहज रुपमा सरकार गठनका लागि मार्गप्रशस्त गर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?