‘व्यवस्था जोगाउन गठबन्धन संस्कार आयो’

लोकपथ
104
Shares

काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेसका सांसद इन्द्र बाँनियाले वर्तमान व्यवस्था जोगाउनका लागि गठबन्धनको संस्कार आएको बताएका छन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता बानियाँले सो कुरा बताएका हुन् ।

‘गठबन्धनको संस्कार व्यवस्था जोगाउनका लागि हो ।’ बाँनियाले भने ।

केन्द्रमा तत्कालिन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको कारण गठबन्धन संस्कार बनेको बताउँदै वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने विश्वास व्यक्त गरे ।

‘गठबन्धन आगामी चुनावसम्म हुन्छ ।’ उनले भने ।

बैठकलाई सम्बोधन गर्दै बाँनियाले मार्ग मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?