बागमती सरकारबाट मार्ग प्रशस्त गर्न मुख्यमन्त्री शाक्यलाई विपक्षी नेताको सुझाव

लोकपथ
208
Shares

काठमाडौं । बागमती प्रदेशका विपक्षी दलका नेता शालिकराम जमकटेलले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै सांसद जमकटेलले गठबन्धनले सरकार गठन गर्ने भन्दै सो आग्रह गरेका हुन् ।

‘तपाइले मार्ग प्रशस्त गर्दिनुस् । हामीले निर्णय गरेर आइसकेका छौँ ।’ सांसद जमकटेलले भने ।

त्यस्तै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कारण आजको अवस्था आएको बताए ।

सभालाई सम्बोधन गर्दै सांसद जमकटेलले शाक्यलाई विश्वासको मत दिन नसक्ने समेत बताए । गत भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी मुख्यमन्त्री शाक्यले भदौ २४ गते विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् । आजको बैठकमा सम्बोधन गर्दै सरकारले गरेका कामकारबाहीकाबारेमा समिक्षा गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?