दुई मोटरसाइकलमा एकैपटक आगलागी

भक्तपुर, २१ वैशाख – भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरिराखेको दुई मोटरसाइकलमा आज आगलागी भएको छ । 

हरिप्रसाद दाहालको घरमा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका–४ का माधव मैनालीको बा.९प. ३१०१ र सोही स्थानमा रहेको खाजाघरमा काम गर्ने काभ्रे बनेपाका विनोद तामाङको बा.५९प. २२६६ नंको मोटरसाइकलमा आगलागी भएको हो । 

मोटरसाइकलमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हुनसक्ने मैनालीले बताउनुभयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?