काठमाडौं । यातायात मन्त्रालयले नयाँ बसपार्कमा सञ्चालमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका अनुसार यातायात व्यवस्था विभागले नयाँ बर्सपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिललाई काउन्टर बन्द गराउन निर्देश दिएको हो ।
अत्यावश्यक सेवा बन्द तथा हड्ताल गरेर सरकारलाई असहयोग गरेका यातायात समिमिहरुको काउन्टर नयाँ बसपार्कबाट हटाउने निर्णय भएको विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए । सो निर्णय अनुसार अब बसपार्कभित्र कम्पनीका सबहरुको मात्रै काउन्टर सञ्चालन हुने छ ।
उक्त काउन्टर हटाउन प्रहरी सुरक्षाको माग भएपछि गृहमन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिएको छ ।
नयाँ बसपार्कभित्र रहेका यातायात समितिका काउन्टर हटाएर अब कम्पनीहरुलाई व्यवस्थित गर्ने महानिर्देशक भट्टराइले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया