राजनीतिक दलसम्बन्धी अध्यादेश निकृष्ट ढंगले पार्टी विभाजन गराउन ल्याइयो : मुख्यमन्त्री शाक्य

लोकपथ
260
Shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् ।

बिहिबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश पार्टी विभाजन गराउन ल्याइएको आरोप लगाइन् ।

अध्यादेश आएपछि आफ्ना पार्टीका सांसदहरु अर्को दलमा सहभागी भएको उनले बताएकी हुन् ।

मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा त्यस विपरीत झन् कमजोर बन्दै गएको टिप्पणीसमेत गरिन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाक्यले पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भएका उपलब्धिको बारेमा पनि चर्चा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?