बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव

लोकपथ
1.1k
Shares

काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव पेस गरिएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद शालिकराम जमकटेलले विपक्षी गठबन्धनका नेता पाण्डेलाई सरकारको नेतृत्वको प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि आजको बैठक बोलाइएको हो । बैठकमा सम्बोधन गर्दै विपक्षी दलका नेता जमकटेलले पाण्डेलाई गठबन्धनको तर्फबाट प्रस्ताव पेस गरिएको जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?