ढिला गरि सुरु भयो बागमती प्रदेशको बैठक, मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्दै

लोकपथ
231
Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्मका लागि सारिएको थियो । तर बैठक तोकिएको समय भन्दा केही ढिला गरि सुरु भएको थियो ।

जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सम्बोधन गरिरहेकी छिन् । गत भदौ २४ गते मुख्यमन्त्री शाक्यले प्रेश गरेको विश्वासको मतको प्रस्तावका विषयमा छलफल भइरहेको छ ।

आजको बैठकमा मुख्यमन्त्री शाक्यले सरकारले गरेका कामकारबाहीका विषयमा सभालाई जानकारी गराइरहेकी छिन् । साथै मुख्यमन्त्री शाक्यले आजको बैठकमा विश्वासको मत माग्दैछिन् ।

गत भदौ २ गते शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । सरकार गठन गरेको एक महिनामा विश्वासको मत लिने प्रयोजन अनुसार मुख्यमन्त्री शाक्यले विश्वासको मतको प्रयोजनको लागि विश्वासको मत माग्न लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?