काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा कन्काई नगरपालिकाले शानदार जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा गोदावरी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गर्दै कन्काईले शानदार जित हात पारेको हो ।
कन्काईको जितमा कुसुम खतिवडाले ६ गोल गरिन् । कप्तान लक्ष्मी श्रेष्ठले ४ गोल गरिन् । मनिता तुम्बो र हिमा राईले समान एक एक गोल गरिन् ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया