सेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
286
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार पुन: ओरालो लागेको छ । उचारचढावका बीच सेयर बजार दोहोरो अंकले घटेको हो हो ।

आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ बिन्दुमा पुगेको छ ।

बिहीबार कुल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ । बिहीबार मेरो माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा सारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?