काठमाडौं । जनकपुरस्थित खानेपानी संस्थानका निमित्त प्रमुखमाथि दुर्व्यवहार गर्ने सीके राउतका १३ कार्यकर्ता पक्राउ परेका छन् ।
जनकपुरको खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कशवाहालाई दुर्व्यहार गरेको भन्दै प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरिएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका अन्य कार्यकर्ताहरु धर्नामा बसेका छन् ।
बिहीबार लाठीसहित जनकपुर उपमहानगरपालिका घेराउ गर्न आएका उनीहरुले कुशहवाको लुगा खोलेर हिलो छ्याप्दै बजार घुमाएका थिए । खानेपानी कार्यालयले सडकमा ढल निकासीमा ध्यान नदिएको र कुशहवामाथि भ्रष्ट्राचारको आरोप रहेको भन्दै उनीहरुले दुर्व्यवहार गरेका हुन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया