जनकपुरमा खानेपानी संस्थानका निमित्त प्रमुखलाई लुगा खोलेर बजार घुमाइयो

लोकपथ
175
Shares

काठमाडौं । जनकपुरस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहमाथि दुर्व्‍यवहार भएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कुशवाहमाथि अभद्र व्यवहार गर्दै कपडा खोलेर र हिलो छ्यापेर सडकमा हिँडाएका हुन् ।

बिहीबार (आज) दिउँसो लाठी र बाँसको भाटासहित जनकपुरस्थित कार्यालय पुगेका उनीहरुले जनकुपर उपमहानगरपालिका कार्यालयमा पुगेर नाराबाजी समेत गरेका थिए ।

भ्रष्ट्राचारको आरोपसहित सीके राउतका कार्यकर्ताहरुले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध नाराबाजी गरेका थिए ।

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?