सुँगुरको मृर्गौलाले मानिसमा काम गर्‍याे

लोकपथ
780
Shares

अमेरिकाका वैज्ञानिकहरूको एक समूहले सुँगुरको मृर्गौलालाई मानव शरीरमा अस्थाई रूपमा प्रत्यारोपण गर्न सफल भएका छन् । सुँगुरको मृर्गौलाले मानव शरीरमा काम गरेपछि पशुबाट मानिसमा गरिने अङ्ग प्रत्यारोपणको क्षेत्रमा यसलाई ठुलो सफलता मानिएको छ ।

अमेरिकाको न्यूयोर्क स्थित एनवाइयु लांगोन हेल्थका विशेषज्ञ शल्य चिकित्सकहरूको एक टिमले यसमा सफलता पाएको न्यूयोर्क टाइम्सले जनाएको छ । यो प्रत्यारोपणलाई सफल बनाउने उनीहरूले विभिन्न चरणमा विशेष ढङ्गबाट गरेका थिए । पहिलो चरणमा मृर्गौला दान गर्ने सुँगुरको जिनमै परिवर्तन गरिएको थियो । यसरी जिन परिवर्तन गर्दा प्रत्यारोपण गरेका व्यक्तिको शरीरले उक्त मृगौलालाई स्वीकार गरोस् भन्ने नै थियो ।

चिकित्सकहरूको यो समूहले मस्तिष्क मरिसकेका एक बिमारीमा यो परीक्षण गरेका थिए । उक्त व्यक्तिको मृगौलाले पनि काम गर्न छोड्दै गएपछि उसको परिवारको अनुमतिमा यो परीक्षण गरिएको थियो । प्रत्यारोपण गरिएको मृगौलालाई बिमारीको शरीर भन्दा बाहिर नै राखेर गरिएको थियो । जसको परीक्षणमा रक्त प्रवाहमा नयाँ मृर्गौलाले साथ दिएको चिकित्सकहरूले बताए ।

मानव शरीरमा पशुहरूको अङ्ग प्रत्यारोपणको प्रयास यसभन्दा अगाडी देखि नै हुँदै आएको थियो । तर यो जतिको सफलता भने अहिलेसम्म हात पार्न सकिएको थिएन । प्रत्यारोपण गरेको ५४ घण्टासम्म बिमारीमा सकारात्मक नतिजा देखाए पछि यो सफलतालाई वैज्ञानिकहरू अझ लम्बाउने प्रयासमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?