काठमाडौं– ३३ किलो सुनकाण्डमा मारिएका सनम शाक्यकी प्रेमिका निशा सेनले सनमले तस्करीको काम गर्ने गरेको कुरा साथीहरुमार्फत थाहा पाएको बयान दिएकी छिन् । उनले एकाएक प्रहरी आएर आफ्नो कोठमा सुन खोई भन्दै खानतलासी गरी अपराध महाशाखामा लगेर सोधपुछ गरेपछि मात्रै सनको मृत्यु भएको थाहा पाएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘माघ १९ गते प्रहरी आई मेरो लाजिम्पाट स्थित कोठामा खान तलासी लिए ३३ के.जी. सुन कहाँ छ भनि सोधपुछ गरे । केही फेला नपरेपछी सोधपुछको लागी अपराध महाशाखा लगी मलाई सोधपुछ गर्ने क्रममा सनमको सत्या भईसकेको भन्ने कुरा मैले प्रहरी बाटै थाहा पाएकी हुँ । म प्रहरीमा गई सकेपछी मलाई बालकृष्ण संन्जेल सरले फोन गरी यो केसको ईन्चाज हामीहो टेन्सन नलिनु भन्नु भएको थियो ।’
उनले सनमलाई आफूले २०७४ साल साउन २८ गते पहिलो पटक दरबारमार्गस्थित आइक्लबमा भेटेको र त्यसपछि सम्पर्क बाक्लिएको पनि बयान दिएकी छिन् ।
सुनकाण्डसम्बन्धी अध्ययन गर्न बनेको छानबिन समिति समक्ष निशाले दिएको बयानमा साथी रमेश श्रेष्ठमार्फत समनले सुन तस्करीको काम गर्ने गरेको थाहा पाएको उल्लेख गरिएको छ ।
उनले छानबिन समितिलाई दिएको बयानमा भनिएको छ, ‘रमेशले मलाई सनमको बारेमा धेरै थाहा नभएका कुराहरु भन्यो सनमको दाई र सनमको दाई भनिएको गोरे भन्ने चुडामणी उप्रेतीको कामा अरु केही काम नभई सुन तस्करीको काम हो भनि मैले रमेशले भनेकोले थाहा पाएकी हु । त्यसपछी मैले सनम लाई मन चोर्ने उदेश्यले सोध्दा निज सनमले हो म सुन तस्करीको कारोबार गर्छु भनेको थियो।’
उद्यपी उनले आफूले गोरेलाई कहिल्यै नदेखेको र नचिनेको पनि बताएकी छिन् ।
उनले बयानमा अगाडि भनेकी छिन्–सनमले तलाई कसरी थाहा भयो भनि मलाई सोध्दा मैले रमेशले भनेको भनेकी हुं । निजले को रमेश भन्दा मैले मेरो मोबाईलमा भएको फोटो देखाउँदा निजले यो टेकराज मल्लको सालो हो भनेका हुन, फेसेज लन्चमा ति तिन जनाको बिचमा कुरा भएको समयसम्म म अन्जानमा थिए ।
उनले रमेश श्रेष्ठलाई आफ्नो र सनमको सम्बन्धको बारेमा सबै कुरा थाहा भएको भन्दै रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका पनि बयान दिएकी छिन् । यही क्रममा उनले रोशन र आकाशसंग दरबारमार्गमा आफ्नो बालकृष्ण संन्जेलसंग भेट भएको र सो क्रममा संन्जेल ईकाउन्टर ईस्पेसलिस्ट भएको भनि रोशनले चिनचान गराएको उल्लेख गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘उनीहरुको प्लान सफल हुनुभन्दा अगाडी संन्जेलले यो कुराहरु गोरे संग पु¥याएको थियो । कुरासंगै मेरो केही तस्विरहरुपनि संन्जेल मार्फत सनमको गर्लफ्रेन्ड भनेर गोरे भन्ने चुडामणी उप्रेतीलाई तस्विरहरु पठाएको कुरा मलाई सनमले भनेका थिए । त्यसपछी गोरेले सनमलाई तेरो गल्डफ्रेन्डलाई सकाई दिउँ भनेर भनेको कुरा सनमले मलाई भनेको थियो त्यसपछी सनमले मलाई अलि होस गरेर हिड्नु भनेका थिए, सो घटनापछी हाडीगाँउ स्थित सनम र अन्य साथिहरु वस्ने घरबाट सबै सामानहरु निकाली गोरे समेतले सो घर छाडेका थिए, सनम र म समेत दशैमा धरान घुम्न गएको समय देखीनै सनम काठमाडौं आएका थिएनन् ।’
त्यसपछि आफूले विराटनगर पुगेर समनलाई भेटेको पनि उनले बयानमा उल्लेख गरेकी छिन् । उनले बयानमा यो पनि भनेकी छिन् की आफूले यो काम नगर्न आग्रह गर्दा छाड्न चाहेको तर समय लाग्ने बताएका थिए ।
यसो त सनम विवाहित भएको पछि थाहा पाएको भन्दै निशाले भनेकी छिन्, ‘सनम बिबाहीत हो भनि मैले थाहा पाएपछी मैले सनमसंग कुनै सम्पर्क गरेको थिइन निजलेनै मलाई सम्पर्क गर्न खोज्थ्यो तर मैले निजको फोन पनि उठाउँदिन थिए तर पछी मेरो र सनमको ह्वाट एप्समा कुरा भयो । त्यसको केही समयपछी सनम भारतबाट दुवाई गएको कुरा मलाई सनमले भनेका थिए ।’
त्यसपछि सनम डिसेम्बर २५ तारीकका दिन नेपाल आएको र भोलिपल्ट बिराटनगर गएसँगै फेरि नियमित कुरा हुन थालेको उनले बयानमा उल्लेख गरेकी छिन् ।
यही बीचमा जनवरी २३, मा उनी काठमाडौं आएपछि बागबजारको एक होटलमा मस्ती गर्दैगर्दा राती सनमको मोबाइलमा सुन लुटेको भन्दै गोरेले फोन गरेको उनले बयान दिएकी छिन् ।
त्यसपछी खासै सनमसँग सम्पर्क नभएको र एकाएक मृत्यु भएको खबर आएको उनले बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया