२१ मङ्सिर २०७८, मंगलवार

प्रधानमन्त्री देउवा बाढीप्रभावित क्षेत्रमा (तस्बिरसहित)

२०७८,कार्तिक,४,बिहीवार १४:०४

162
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीप्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराेले घर भत्किएकाहरुको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए ।

उनले भने, “बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाईँहरुले प्रभावितलाई चुस्त रुपमा सेवा दिनुहोला ।”

आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री देउवाले डोटीका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुको उद्धार र राहातका लागि निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाको नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले एवं पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन्।

प्रधानमन्त्रीसहितको उक्त टोली बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा अहिले दिपायल आइपुगेको हो ।

प्रधानमन्त्रीसहितको सो टोली आज बिहान काठमाडौंबाट सुर्खेत हुँदै दिपायल पुगेको हो । टोलीले डोटीका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो ।

प्रधानमन्त्री देउवासँगै निरीक्षणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आलेले बाढी–पहिरामा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बताए। उाले भने, “बाढी–पहिराेपीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान सरकारले गर्नेछ ।”

सोही क्रममा मन्त्री आलेले बाढी पहिराेले अवरुद्ध भएका त्यहाँका राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई पनि आग्रह गरे ।

डोटीमा मात्रै बाढी–पहिराका कारण १४ जनाको ज्यान गइसकेको तथा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिएका थिए। सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी–पहिराले १३ जना घाइते, ३५ चौपाया मृत्यु, २५ घाइते तथा २० चौपाया बेपत्ता, घरधुरी ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको विवरण पेश गरेका थिए।

बाढीको क्षतिबारे दिपायलमा जानकारी लिएर उक्त टोली बझाङ चैनपुर जाने कार्यक्रम तय भएको छ । यसैगरी उक्त टोलीले बझाङमा बाढी–पहिराले गरेको क्षतिका विषयमा अनुगमन तथा निरीक्षण गरी बैतडी र डोटीको सीमा क्षेत्र ढुङ्गाड जाने कार्यक्रम रहेको र ढुङ्गाडमा भएको क्षतिका विषयमा स्थलगत निरीक्षण गरी डडेल्धुरा सदरमुकाम पुग्ने बताइएको छ ।

आजै उक्त टोली जोगबुढाबाट कञ्चनपुर पुगी सदरमुकामका साथै त्यहाँका बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, वह्मदेव क्षेत्रमा बाढीले गरेको क्षतिका बारेमा निरीक्षण अनुगमन गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,४,बिहीवार १४:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका

कांग्रेस सभापतिका आकांक्षी डा शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताएका छन् ।

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२
इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२