कर्मथलो फर्किनेको लर्को (फोटोफिचर)

काठमाडौं । दशैँको अवसरमा आफ्नो थातथलो गएका व्यक्तिहरू काठमाडौं फर्किने क्रम जारी छ ।

कोरोना सङ्क्रमणको कारण गत वर्ष आफ्नो मुलघरमा दसैँ मनाउन नपाएका अधिकांश व्यक्तिहरू यस पटक जान पाएका थिए । कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएका कारणले र दशैँको समयमा कोरोना सङ्क्रमणको अवस्था कम रहेको कारणले गर्दा पनि नेपालीहरूले यो वर्ष दशैँ खुलेर मनाउन पाएका थिए ।

दसैँको अवसरमा आफ्नो थातथलो सवारी साधन मार्फत गएर फर्किने व्यक्तिहरूको लर्को कलङ्की, गंगबु बसपार्कमा प्रशस्तै देख्न पाइन्छ ।

तस्विरहरूः राजेश खाती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?