भारतमा वायु सेनाको विमान दुर्घटना : दुई भागमा टुक्रियो विमान, पाइलट सुरक्षित

लोकपथ
364
Shares

काठमाडौं । भारतमा वायु सेनाको एक ट्रेनर विमान दुर्घटना भएको छ । भारतको मध्य प्रदेशको भिण्ड जिल्लामा एक वायु सेनाको ट्रेनर विमान दुर्घटनाग्रस्त हुँदा पाइलट भने सुरक्षित रहेका छन् ।

निकै ठूलो दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विमान भूइमा घस्सिएको छ भने विमान दुई भागमा टुक्रिएको छ ।

दुर्घटनामा पाइलट लेफ्टिनेन्ट अभिलाष सुरक्षित छन् र उनी सामान्य घाइते भएका छन्।

विमानमा एक जनामात्रै पाइलट रहेका थिए । जानकारी अनुसार उक्त विमान नियमित प्रशिक्षणमा उडाइएको थियो। दुर्घटनापछि वायु सेना, प्रहरी र प्रशासनको टीम घटनास्थलमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?