बिहीबार पनि बढ्यो सुन मूल्य, कति पुग्यो ?

लोकपथ
208
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । आज छापवाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजार ७ रुपैयाँ कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ । बुधबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज एक हजार २६० रुपैयाँ पुगेको छ । चाँदी बुधबार प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?