साने चम्कँदा बायर्न म्युनिखको शानदार जित

लोकपथ
260
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा बायर्न म्युनिखले बेन्फिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ७०औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । खेलको ८०औं मिनेटमा सोसा सोरेसको आत्मघाति गोलमा बायर्न २–० ले अघि बढ्यो ।

खेलको ८२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए । खेलको ८४औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

बायर्नले समूहमा दोस्रो स्थानको बेन्फिकासँग ५ अंकको अग्रता लिएको छ । बायर्नको ९ र दोस्रो स्थानको बेन्फिकाको ४ अंक छ ।

बायर्न समूहको शीर्ष स्थानमा रहँदै ९ अंक जोडेको छ भने बेन्फिका ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?