च्याम्पियन्स लिग : पिकेको गोलमा बार्सिलोनाको पहिलो जित

लोकपथ
260
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा डायनामो किभलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित हात पारेको हो ।

खेलको ३६ औं मिनेटमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले गोल गरे ।

जितसँगै बार्सिलोनाले ३ खेलमा ३ अंक जोडेको छ । बार्सिलोना समूहको तेस्रो स्थानमा रहेको छ । किभले ३ खेलमा १ अंक जोडेको छ । किभ समूहको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?