रोनाल्डोको गोलमा युनाइटेडको पुनरामगन जित

लोकपथ
624
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पुनरामगन जित हात पारेको छ । बुधबार राति भएको समूह एफको खेलमा पहिलो हाफमा २–० ले पछि परेको युनाइटेडले पुनरामगन जित हात पारेको हो ।

युनाइटेडले एटलान्टालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोले विजयी गोल गरे ।

मारियो पासालिसले खेलको १५ औं मिनेटमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । मेरिह डिमिरलले २८ औं मिनेटमा इटालियन क्लबको अग्रता दोब्बर बनाए ।

खेलको ५३ औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल गरे । ७५ औं मिनेटमा ह्यारी मागुइरीले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

खेल सकिन ९ मिनेट अघि रोनाल्डोले गोल युनाइटेडलाई जित दिलाएका थिए ।

समूह एफको खेलमा युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेड ले ३ खेलमा ६ अंक जोडेको छ । एटलान्टा ४ अंक सहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?