१३ मङ्सिर २०७८, सोमवार

गोरखामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२०७८,कार्तिक,४,बिहीवार ०९:३४

72
Shares

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए ।

गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उनले जानकारी दिए ।

घाइते हुनेमा आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय राजकुमार गुरुङ र तीन वर्षीया बालिका दिव्या गुरुङ रहेका छन् । उनीहरुको पनि आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घाइते दिव्याको अवस्था गम्भीर भएकाले थप उपचारका लािग अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्यचौकीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,४,बिहीवार ०९:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन

दमौली । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको

कास्की । गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६१ कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १४३ सङ्क्रमित थपिएका छन्

गलकोट । निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२