काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा दिउँसो ३ बजे बस्नेगरी बोलाइएको छ ।
बैठकमा पार्टीको आसन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गरिने जनाइएको छ । त्यसैगरी असोजमा सम्पन्न विधान महाधिवेशनको समीक्षा पनि गरिने बताइएको छ ।
एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ भने राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्मका लागि तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया