गुगल असिस्टयान्ट अब ५ हजार स्मार्ट होम डिभाइसमा

एजेन्सी :आगामी साता हुने डिलपर कन्फ्रेन्स अघि गुगलले क्रृत्रिम बौद्धिकता( आर्टिफिसल इन्टेलिजेन्स–एआई)लाई जोडेर घरमा प्रयोग हुने ५ हजार भन्दा बढी डिभाइससँग जोडने जनाएको छ ।गुगलको एआईलाई गुगल असिस्टयान्ट भनिन्छ ।

गुगल असिस्टयान्टलाई ५ हजार भन्दा बढी स्मार्ट होम डिभाइसमा जोडिएको छ । जनवरीसम्म  यो १ हजार ५सयमा जोडिएको थियो ।

यो जडान गरिएपछि तपाईले गुगल असिस्टयान्टलाई अह्राउनु हुन्छ र यसले तपाईको बोलीको आदेश मान्दै स्मार्ट होम डिभाइसलाई अह्राएर काम पूरा गर्छ ।

तपाईका स्मार्ट ढोका खोल्नु प¥यो । भन्नुस ढोका खुल्छ । प्रकाश मधुरो पार्नु पर्छ । स्मार्ट लाइटलाई आदेश पुग्ने  वित्तिकै प्रकाश मधुरो हुन पुग्छ ।

गुगलले घरमा प्रयोग हुने र जडान हुन सक्ने वस्तुहरूमा प्रविधि जडान गरेर स्मार्ट बनाएको छ ।

यसरी स्मार्ट बनाइएका डिभाइसहरूलाई गुगल असिस्टयान्टसँग जोडिन्छ ।

असिस्टयान्टलाई भन्ने वित्तिकै त्यो ओदश सम्बन्धित डिभाइससम्म पुग्छ र सो काम पुरा हुन्छ । सुरक्षाका लागि सेक्युरिटी सिस्टम, सरसफाइका लागि वासर सिस्टम, वातावरणलाई अनुकूल राख्न एयर कन्डिसनर सिस्टमजस्ता हरेक वस्तुलाई स्मार्ट बनाइदै छ ।

यसरी स्मार्ट वस्तु निर्माण गर्ने प्रतिस्पर्धामा अमेजनको अलेक्सा, एप्पलको होमकिट र सिरी, माइक्रोसफ्टको कोर्टाना र सामसुंगले स्मार्टथिंग र बिक्सबी एआई निर्माण गरी आगाडि बढिरहेका छन् ।

यी कम्पनीहरूले स्मार्ट वस्तुको खरिद गर्ने उपभोक्तालाई विश्वासमा लिएर सामान बिक्री वितरण गर्ने गर्छ ।

स्मार्ट डिभाइसलाई परिचालन गर्न एआईको आवश्यकता हुन्छ । गुगलका स्मार्ट वस्तुहरू गुगल असिस्टयान्टबाट नै परिचालित हुन्छ । गुगलले यसको घोषणा आगामी साता हुने डिभलपर कन्फ्रेन्समा गर्ने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?