प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न सुदूरपश्चिम जादैँ

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन् ।

शनिवार रातीदेखि परेको अविरल वर्षाका कारण देशभरी भौतिक तथा मानविय क्षति भएको छ । खासगरी सुदूरपश्चिम प्रदेश निकै प्रभावित भएको छ । प्रधानमन्त्री देउवा बिहीवार सुदूरपश्चिम प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि जाने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै डोटी, डडेल्धुरा, बझाङ, कञ्चनपुर र कैलाली क्षेत्रको अवलोकन गर्ने कार्यतालिका रहेको छ । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक आफनो गृह प्रदेश आउन लागेका हुन् ।

बिहीवार धनगढीमा बस्ने र शुक्रवार कैलालीको दक्षिणी भेग टिकापुर भजनी लागायतको बाढी प्रभाबित क्षेत्रको अनुगमन गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?