१८ मङ्सिर २०७८, शनिवार

कांग्रेसलाई गुट उपगुटमुक्त पार्टी बनाइन्छ : रामचन्द्र पौडेल

२०७८,कार्तिक,३,बुधबार २२:४३

99
Shares

गलकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरेका छन् । उनले गुट उपगुटले कांग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताए ।

बागलुङस्थित नेपाली कांग्रेस काठेखोला गाउँपालिका – ५ बिहुँले आउँदै गरेको शुभ दिपावली लगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे ।

“हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन”, पौडेलले भने, “महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, कांग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन ।”

उनले मुलुकको संविधानको खेलबाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने बताए । पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेको समेत आरोप लगाए ।

उनले कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुट उपगुट बाहिर रहेर लोकतन्त्रका पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले मध्यपहाडी लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा कालोपत्रका लागि भइरहेको ढिलाइप्रति आफ्नो ध्यानार्कषण भएको भन्दै यसलाई तत्काल अगाडि बढाउन पहल गर्ने बताए ।

प्रकाशित मिति: २०७८,कार्तिक,३,बुधबार २२:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापा पनि जाइलागेकी छिन् । उनले कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । यही

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न जिल्लामा अधिवेशनका क्रममा विवाददेखि झडपसम्मका खबरहरु समेत आइरहेका छन् । यसैक्रममा रौतहतमा भने

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६