१८ मङ्सिर २०७८, शनिवार

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन

२०७८,कार्तिक,३,बुधबार २२:२७

126
Shares

राजविराज । आजदेखि सुरु हुने भनिएको प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाका कारण अर्को सूचना जारी नभएसम्म स्थागन गरिएको छ ।

युवा शक्ति क्लब विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा तेस्रो संस्करणको प्रतियोगिता तत्कालका लागि स्थगन गरिएको क्लवका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले जानकारी दिए । उनले भने, “आयोजक समितिको बैठकले हिजोदेखि लगातार वर्षा भइरहेको अवस्थामा खेलमैदानमा चारैतिरबाट पानी जमेकाले प्रतियोगिता स्थगन गर्नुपरेको हो ।”

यसअघि दुई दिन अगाडि राजविराजस्थित नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने गरी खेल हुने जनाइएको थियो । करिब १५ लाख रुपैयाँ बराबरको खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कारका रूपमा नगद एक लाख रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरिने छ भने द्वितीय पुस्कारको रूपमा नगद ५० हजार रुपैयाँ, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,३,बुधबार २२:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार

काठमाडौं । सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गतको तेस्रो खेलमा आज फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ४-१

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६