१८ मङ्सिर २०७८, शनिवार

सुदूरपश्चिमलाई बाढी–पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

२०७८,कार्तिक,३,बुधबार २२:१७

90
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले आज भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले उक्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी, सांसद शेरबहादुर कुवँर, पूर्वसांसद हर्कबहादुर सिंह, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी तथा नागरिक समाजका प्रतिनिधि सूर्य श्रेष्ठ, रमण श्रेष्ठ, वीरेन्द्र भण्डारी, धनबहादुर ओलीलगायतले भेट गरी सुदूरपश्चिम प्रदेशमा बाढी–पहिराले ठूलो क्षति गरेका कारण राहत तथा उद्धारका लागि तत्कालै राज्यका सबै निकायलाई परिचालन गर्न माग गरेका हुन् ।

यसैगरी उक्त टोलीले बाढी–पहिराले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बाजुरा, बैतडी तथा डोटीमा अहिले पनि नागरिक अलपत्र परेका तथा कतिपयका घरबारविहीन भएर बास बस्नका लागि पनि समस्यामा परेकाले स्थलमार्गबाट उद्धार हुन नसकेकाले हवाई मार्गबाट जतिसक्दो चाँडो उद्धारका लागि पहल गर्न माग गरेका छन् । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति बझाङ र डोटीमा भएको उक्त टोलीका प्रमुख तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले गृहमन्त्री खाँणसमक्ष जानकारी दिएका थिए । मन्त्री आलेले सुदूरपश्चिम बाढी–पहिराका कारण अहिले आहालमा डुबेकाले तत्कालै राज्यले आफ्नो उपस्थिति देखाउनुपर्ने माग राखेका थिए ।

यसैगरी अछामबाट निर्वाचित सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिमका पीडित नागरिकको आलो घाउमा मल्हम लगाउनलाई भए पनि राज्यले तत्काल उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । गृहमन्त्री खाँणले सुदूरपश्चिमसहित पूर्वी नेपालका विभिन्न ठाउँमा बाढी र पहिराले निकै ठूलो मानवीय तथा जनधनको क्षति पु¥याएकाले पूर्वी नेपालका क्षति भएका ठाउँसहित सुदूरपश्चिम प्रदेशलाई बाढी–पहिरो सङकटग्रस्त क्षेत्र घोषणा गरिने आश्वासन दिए ।

सोही क्रममा मन्त्री खाँणले बाढी पहिरामा परी मृत्यु भए प्रति परिवारलाई दुई लाख रुपैयाँ र एक जनाभन्दा बढी गुमाउनेलाई प्रतिमृतक थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय भएको जानकारी दिए । यस्तै बाढी, पहिरामा परी घाइते भएकाहरूको निःशुल्क उपचार, बाढी, पहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने र बन्द रहेका सडक, विद्युत् र सञ्चारलाई सुरु गर्न उपकरण र जनशक्ति परिचालन गरिने जानकारी दिए ।

गृहमन्त्री खाँणले सरकारले बाढी, पहिरामा जमिन र घर गुमाएकालाई पनि राहत दिने र पहिराले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिने जानकारी दिए । घर निर्माणका लागि हिमाली क्षेत्रमा तीन लाख रुपैयाँ, पहाडमा चार लाख रुपैयाँ र तराईमा पाँच लाख रुपैयाँ सरकारी मापदण्डअनुसारको रकम दिने सरकारले निर्णय गरेको छ ।

भोलि बिहीवार सुदूरपश्चिमको बाढी–पहिरो प्रभावित क्षेत्रको अनुगमन तथा ती क्षेत्रका नागरिकलाई परेका समस्या र तत्काल गर्न सकिने सहयोगको अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोली सुदूरपश्चिम जाने तयारी भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,३,बुधबार २२:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको

मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६