१८ मङ्सिर २०७८, शनिवार

कांग्रेसद्वारा उद्धार र राहतमा खट्न तीनै तहका सरकारलाई आग्रह

२०७८,कार्तिक,३,बुधबार २२:०७

54
Shares

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता, कैयौैँ घाइते र कैयौँ विस्थापित हुन पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारलाई आवश्यक समन्वय र व्यवस्थित योजना साथ ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पार्टीको तर्फबाट सरकारसँग माग गरेका छन् ।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले नेता कार्यकर्तालाई उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न अपिल गरेको छ ।

प्राकृतिक प्रकोपमा जीवन गुमाएका सबैप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै पार्टीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,३,बुधबार २२:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणको खेल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन

‘ऊ बेलामा एउटै गीतमा ३/४ घण्टा लगाएर बजाउनु पर्थ्याे, अहिले धेरै त होइन तीन घण्टामा १०/१२ वटासम्म गीतमा बाँसुरी बजाउन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२