१८ मङ्सिर २०७८, शनिवार

बाढी प्रभावितलाई लक्षित गरेर तीन करोड रुपैयाँको खाद्य बैंक स्थापना

२०७८,कार्तिक,३,बुधबार २१:४५

63
Shares

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले बाढी प्रभावितलाई लक्षित गरेर खाद्य बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्र बाढीका कारण ठूलोमात्रामा धानबालीमा क्षति भएपछि भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने भएको हो ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले तत्कालका लागि तीन करोड रुपैयाँ बराबरको खाद्य बैंक स्थापनाका लागि कोष स्थापना गर्नेलगायत निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष चौधरीले केही विकास बजेटलाई कटौती गरी तत्कालका लागि ३ करोड रुपैयाँको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको बताए ।

उनले बाढीका कारण किसानले ठूलो क्षति बेहोर्नु परेकाले भोकमरी अवस्था आउन नदिन सो खाद्य बैंकमार्फत खाद्यान्न आवश्यक परेका परिवारजनलाई खाद्यान्न उपलब्ध गराउने बताए । बैठकले केही विकास बजेटको रकम खाद्य बैंक स्थापनाका लागि बनाइने कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताए ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकले पनि आफ्नो एक दिनको पारिश्रमिक त्यही कोषमा जम्मा गर्ने निर्णय भएको बताउँदै चौधरीले भने, “सामाजिक सङ्घसंस्थालाई समेत सक्दो सहयोग गर्न अपिल गरेका छौँ ।” बैठकले चालू आर्थिक वर्षमा हिउँदे बालीमा शतप्रतिशत अनुदान दिने निर्णयसमेत गरेको जनाइएको छ । बाढी प्रभावितलाई राहतका लागि प्रदेश र सङ्घीय सरकारलाई राहत प्याकेज ल्याउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,३,बुधबार २१:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य

पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने भन्ने

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६