काठमाडौँ- वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य गम्भीर, तर स्थिर रहेको छ । हाल उनको बाँसबारी न्युरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्थाका कारण भेट्न नसकिने भन्दै अस्पतालले उपचारबारे विज्ञप्तिमार्फत जानकारी गराउने स्पष्ट पारेको छ ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि डा. देवकोटा उपचारका लागि श्रीमती डा. मधु दीक्षितसहित पाँच महिनाअघि बेलायत पुगेका थिए । बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया