बाढी प्रभावित कृषकलाई क्षतिपूर्ति दिन एमालेको माग

लोकपथ
91
Shares

काठमाडौं । नेकपा (एमाले) लुम्बिनीले बेमौसमी वर्षाका कारण प्रभावित कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबालीसहित भर्खरै लगाएको हिउँदे तरकारीमा समेत क्षति पुगेकाले एमालेले प्रदेश सरकारसमक्ष क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै आज प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ ।

विगत चार दिनदेखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा भएको बाढी, पहिरो र धनजनको क्षतिका तथ्याङ्क सङ्कलन गरी जनतालाई उचित राहतको व्यवस्था गर्न माग गरिएको एमाले प्रदेश संसदीय दलका उपनेता वैजनाथ चौधरीले आज दलको कार्यालयमा आयोजित पत्रकारमा जानकारी गराए ।

मौसम पूर्वानुमान विभागले अविरल वर्षा हुन सक्ने भन्दै तीन दिनअघि नै मनसुनमा बदली हुने, ठूलो पानी पर्ने र लुम्बिनी प्रदेशसहित देशभरि नै वर्षाका कारण क्षति हुनसक्ने सूचना प्रवाह नहुँदा कृषकले ठूलो क्षति व्यहोर्नु परेको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?