मदिराको कच्चा पदार्थ ‘कण्डम’ !

काठमाडौँ, २१ वैशाख -राजधानीको विभिन्न स्थानबाट बरामद घरेलु मदिरामा कच्चा पदार्थको रूपमा परिवार नियोजनको अस्थाथी साधन कण्डम समेत प्रयोग भएको पाइएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घरेलु मदिरा उत्पादनका लागि जम्मा पारिएको भाँडोभित्रको कच्चा पदार्थमा कण्डम पनि भेटिएको जानकारी दिए ।

यसअघि जुत्ता, चप्पल, महिलाले प्रयोग गर्ने भित्री वस्त्र फेला पर्थे भन्दै उनले थपे, ‘यस पटक एउटा भाँडोमा रहेको कच्चा पदार्थमा अस्थायी साधन कण्डमको पोको नै देखियो । ’
राजधानीको बौद्ध, कपन, नयाँबसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वर र बालाजुलगायत विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको २४ हजार लिटर दूषित कच्चा पदार्थ बिहीबार टेकुस्थित प्रहरी परिसरभित्र खाल्डोमा पोखेर नष्ट गरिएको गोरखापत्रमा खबर छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?