हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
140
Shares

१. केही दिन यताको बाढी पहिरो र डुवानमा परेर देशका बिभिन्न जिल्लामा गरी मृत्यु हुनेको संख्या ५१ पुग्यो, ४३ जना बेपत्ता, २२ जना घाइते ।

२ विपद् व्यवस्थापन समितिले अविरल वर्षाका कारण बाढी तथा पहिरोमा परी घर भत्केका परिवारलाई तत्काल ५० हजार दिने, पहाडमा घर बनाउन ४, हिमालमा ५ ला र तराईमा ३ लाख उपलब्ध गराइने सरकारको निर्णय

३.अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको दाबी, एमसीसीमा बिवाद गर्नु अनावश्यक भएको भनाई ।

४. एमालेले बोलायो स्थायी कमिटी बैठक, भोलि दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशनको समिक्षा र आगामी अधिवेशनबारे छलफल हुने

५. देउवा नेतृत्वको सरकारले सार्वजनिक गर्यो आफ्नो सय दिने उपलब्धि, सय दिनमा २४ वटा उपलब्धिमूलक काम गरेको दाबी ।

६. बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोली विश्वासको मत लिने, विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था

७. एमालेसँग अन्य पार्टीको तुलना गर्न नमिल्ने एमाले अध्यक्ष ओलीको टिप्पणी, एकीकृत समाजवादी पार्टीको कुनै गन्तव्य नभएको आरोप

८. पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ४ सय २६ परीक्षणमा थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी, ७ सय ५८ जना कोरोना संक्रमण मुक्त, १३ जनाको मृत्यु

९. बागमती प्रदेश सरकारले बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विबरण संकलन गर्दै, बालीमा भएको नोक्सानी हेरेर किसानलाई राहत दिने ।

१०. आज कोजाग्रत पूर्णिमा अर्थात बडादशैँको अन्तिम दिन , घटस्थापनाको दिन राखिएको जमरा विसर्जन गरेसँगै यसवर्षको दशैँ सकियो

११. ब्याजदर वृद्धिमा राष्ट्र बैंकले अङ्कुश लगाएसँगै सेयर बजारमा हरियाली फर्कियो, नेप्से ६० दशमलव ५६ अंकले बढ्दा २ अर्ब ६७ करोडको सेयर कारोबार

१२. बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु दर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन स्वास्थ्य अधिकारीहरुको सुझाव

१३. अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित गरी ग्रेनेड आक्रमण, दुई लडाकू र सहित ६ जना घाइते

१४.ब्राजिलमा रेफ्रीलाई टाउकोमा लात्ति हान्ने विलियम रिबेरियोलाई फुटबलमा २ वर्षको प्रतिबन्ध, विलियमले सन् २०२३ सम्म खेल्न नपाउने ।

१५. नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु, मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा २४ खेलाडीलाई बोलाइयो

https://www.facebook.com/lokpath/videos/463047611843695

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?