कोरोना : १३ जनाको मृत्यु, थपिए ६६२ संक्रमित (तथ्यांकसहित)

लोकपथ
260
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ८ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गर्दा ५ सय ३५ जनाको पीसीआर र १२७ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप १३ जनाको मृत्यु भएको हो ।

त्यसैगरी हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ७९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?