मोदीलाई यी चार भाषाको अभिनन्दन गरिने

जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनका लागि चार वटा भाषामा अभिनन्दन पत्र लेखन कार्य भइरहेको छ । 

जनकपुरधाम उपमहानगरपालिकाद्वारा गरिने नागरिक अभिनन्दनका लागि मैथिली, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अभिनन्दन पत्र लेखन कार्य भइरहेको बताइएको छ । 

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मैथिली र नेपालीमा लेखिएको अभिनन्दन पत्रलाई परराष्ट्र मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । 

उपहानगरपालिकाले मिथिलाको सभ्यता, भाषा–संस्कृतिअनुरूप नागरिक अभिनन्दन गर्ने जनाइएको छ । 

उपमहानगरपालिका प्रमुख साहले भारतीय प्रधानमन्त्री मोदीलाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रबाट अभिनन्दन गरिने बताए । 

भारतीय प्रधानमन्त्री मोदीको यही वैशाख २८ गते पटनाबाट जनकपुरधाम आउने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?