वर्षा वितण्डा (फोटो फिचर)

लोकपथ
52
Shares

जोखिममा विद्युत् गृह: तिला गाउँपालिका, जुम्ला साँपुल्ली गाउँस्थित बाढीले भत्काउन थालेको भेरी खोला साना जलविद्युत आयोजनाको विद्युत् गृह ।

यातायात अवरुद्ध: गत असार १ र त्यसपछि आएको बाढीले पक्की पुल बगाएपछि मेलम्चीको फट्टेमा ह्युम पाइप राखेर बनाइएको बाटोमा समेत पछिल्लो पटक परेको निरन्तरको वर्षाले क्षति पुर्‍याएपछि यातायात सेवा अवरुद्ध । 

घरमा पसेको बाढी: लगातार दुई/तीन दिनदेखि परेको अत्यधिक वर्षाका कारण मोहुली खोलमा आएको बाढीले सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियाको वस्तिमा पसेको पानी ।

डुबानमा प्रहरी कार्यालय: कर्णाली नदीबाट आएको बाढीले इलाका प्रहरी कार्यालय टीकापुर डुबानमा । यो बाढीले रानी जमरा कुलरिया कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो ।

स्वास्थ्य चौकीमै जोखिम: लगातारको वर्षाका कारण पहिरो खस्दा जोखिममा परेको बैतडीको दोगडाकेदार गाउँपालिकाको स्वास्थ्य चौकी भवन ।

जोखिममा विद्यालय: जुम्लाको तिला गाउँपालिका नुवाकोटस्थित बाढीले क्षति पुर्‍याउदै गरेको सेतीवाडा माध्यमिक विद्यालय । 

हिलोमा फसियो: बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिकाको गलेश्वरमा हिलोमा फसेको गाडी निकाल्दै यात्रुहरू ।

रतुवा खोलाको बिनासः दमक स्थित पशु हाट बस्तीमा रतुवा खोलामा आएको बाढीले एउटा घर बगाउने क्रममा । खोलामा आएको बाढीले त्यहाँका सात वटा घर बगाएको थियो । 

तस्विरहरूः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?