सरकार आलोचना गर्न पनि लायक छैन : ओली

लोकपथ
105
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् ।

सरकारको सय दिन पूरा भईरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबी समेत गरे । अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकार एक खालको नायवीद्धार चर्लाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्धारा चलिराखेको छ निमित्त नायकको सरकार । नायक नायक होइन ।, मैले भने अघि नै यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या । टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, विचारा, अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ । साँच्ची यो सरकार कसेले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसेले ? भित्रकाले चलाएको छन कि बाहिरकाले चलाएका छन कि ? पर्दा पछाडिकाले चलाएका छन कि, पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उनको दाबी थियो । अध्यक्ष ओलीले काँग्रेस अगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भएपनि ऊसँग जनतामा जाने कुनै एजेन्डा नरहेको बताए । उनले भने, ‘देशलाई चाहिएको एउटै मात्रै कुरा छ–जम्माजम्मी एउटै मात्रै कुरा के हो भने एमालेको दिग्विजय । एमालेको विजय चाहिएको छ । अरु केही चाहिएको छैन । एमालेका विजय भएन भने केही पनि हुँदैन । अरुसँग केही छदै छैन । न गन्तव्य, न बाटो, न प्रतिवद्धता न संकल्प । अनि यसो च्याखे थापेर खालमा बस्छन नि, खालमा बसेकाहरुको बीचमा उनीहरुले चाँही खेलछन मोटामोटी । अनि च्याखेले सानोतिनो रकम छ्यास्स यतापटटी, यटापट्टी भनेर हाल्छन । च्याखे हालेर उसले जित्यो भनेदेखि गयो भने सुका मोहर गयो, आयो भने सुका, मोहर गर्दै अलिअलि आयो । यो खालका च्याखेहरुको हारजित पनि खास हुने होईन । तर खिचिखिची चाँही रहिरहन्छ । यस चुनावबाट हामीले च्याखेहरुलाई पनि आउन गरिदिनु पर्छ । यी च्याखे रहे भने फेरी गठबन्धन भन्यो एउटा ग¥यो लडाई नेकपा एमाले र काँग्रेसका बीचमा छ । बैचारिक, सांगठानिक सबै हिसाबको लडाई हाम्रो बीचमा छ । अनि कसैलाई भयो जस्तो भएन भने पार्टी फोड्यो अनि एउटा पुच्छर समात्यो अनि च्याँखे थाप्यो । यो च्याँखेहरुलाई चाँही अन्त्य गर्नु पर्छ । र हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेससँग हो । नेपाली काँग्रेससँग जनताको बीचमा जाँदाखेरी के देखाउने ? के गरे भन्ने ? अहिलेसम्म काँग्रेसले के ग¥यो भन्ने ? अव के गर्छु भन्ने ?’

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनी समेत दिए । उनले अदालतले जनताबाट विश्वास गुमाईसकेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे । अध्यक्ष ओलीले भने, ‘हामीलाई चिन्ता छ । अहिले हेर्नुस्त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउछु भन्ने विश्वास गर्नुपर्ने होईन ? हेर्नुस्त महाअभियोग पनि लाग्न सक्छ भनेका छन । जनस्तरबाट राजीनामा गर भनेका छन । के–के आरोप छ, तपाईहामी जम्मै सुनि राखेका छौं । यस्ता निकायहरु, जसप्रति जनविश्वास असाधारण ढंगले अन्त केही भएन भने पनि अदालतप्रति जनविश्वास लोकतन्त्रको साह्ै महत्वपूर्ण कुरा के हो भने अदालतप्रतिको जनविश्वास । त्यो त आज धराशायी भएको छ । मैले अघि अगाडि नै भने–हामी मुद्धा जित्छौं, हार्छाै भन्ने होईन । कसले हामीले एक महिना अघि निकालेको मान्छे सदर भन्दै पार्टी दर्ता गर्न पायो, पाएन भन्ने होईन, यी सबै अस्थायी कुराहरु हुन । पार्टी दर्ता हुँदैमा के हुन्छ र ? दर्ता भए त्यहीँ चुनावसम्म घस्रिएर जाने होइन ? चुनावमा जनताले यस्तो पार्टी त दर्ता गर्दैन त । निर्वाचनमा आयोगमा दर्ता गरिएका यस्ता पार्टीलाई चुनावमा जनताले बदर गरिदिन्छ । सार्वभौम जनता त त्यहाँ बाकि छ त ? यी ठूला कुरा होइनन् तर न्यायिक निकायहरुको, अर्धन्यायिक निकायहरुको, निर्णय गर्ने संस्थाहरुको मर्यादामा लोकतन्त्र अडेको हुन्छ । संविधान, संविधानको कार्यान्वयनमा, कानुन कानुनको कार्यान्वयनमा, कानुनको राज छ भन्ने विश्वासका आधारमा लोकतन्त्र जिवित हुने गर्दछ । जनताप्रति सरकार इमान्दार छ भन्ने कुरामा जनता विश्वस्त हुनुपर्दछ । देशप्रति सरकार ईमान्दार छ भन्ने कुरा विश्वस्त हुुनुपर्छ । तर त्यो स्थिति छैन ।’

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?