मुद्दा स्थगन गर्ने परम्परा घटाउन निर्देशन

काठमाडौँ- कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिएका छन्  ।

कामुु प्रन्याको नेतृत्व सम्हालेपछि पहिलो पटक उच्च अदालत पाटनको निरीक्षणमा पुग्नुभएका जोशीले मुद्दा धेरै स्थगन गराउँदा सेवाग्राहीलाई असहज हुने भएकाले मुद्दा स्थगन गर्ने परम्परा घटाउन निर्देशन दिएका हुन्  ।

छिटोछरितो न्याय सम्पादनले मात्रै सेवाग्राहीमा न्यायको अनुभूति हुने भएकाले धेरै प्रतिवादी भएका मुद्दामा फरक फरक व्यक्तिले कानुनबमोजिम स्थगन गराउँदा पनि समस्या हुनेछ भन्दै स्थगन गर्ने परम्परा घटाउँदै लैजान निर्देशन दिए  ।

उनले  वाणिज्य इजलासमा तोकिएका कुनै एक न्यायाधीशलाई अदालत नछाड्न पनि निर्देशन दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?