प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने

लोकपथ
208
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम जाने भएका छन् । गत आइतबार देखी परेको अविरल वर्षले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षति भएपछि प्रधानमन्त्री देउवा स्थलगत अवलोकनका लागि सुदूरपश्चिम जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाले आजै सुदूरपश्चिम प्रदेशका नेताहरुसँग भेटघाट र बाढी पहिरोको विषयमा छलफल गरेका थिए । देउवा भोलि सुदूरपश्चिम जाने तय भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?