हड्डी खिइने रोग लाग्न कसरी नदिने

लोकपथ
6.4k
Shares

प्रत्येक वर्षको अक्टोबर २० तारिखलाई वर्ल्ड अस्टियोपोरोसिस दिवसको रूपमा मानिन्छ । अस्टियोपोरोसिस यस्तो किसिमको एउटा रोग हो जसले शरीरका हड्डीहरूलाई पातलो बनाउँछ । यसको कारण मेरुदण्ड, नाडी र तिघ्राका हड्डीहरू भाँचिने जस्ता समस्याहरू देखा पर्न थाल्छ । शरीरमा हार्मोनको गडबडी हुनाले यो समस्या देखिने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदन अनुसार मुटु रोगका बिमारी पछि बढी समस्या देखिने रोग भनेकै अहिले अस्टियोपोरोसिसनै रहेको छ ।

पुरुषको तुलनामा महिलाहरूलाई बढी देखा पर्ने यो रोग महिलाहरूको मानोपोज (महिनावारी रोकिएपछि) देखा पर्ने सम्भावना बढी हुन्छ । कसै कसैमा शरीरको हार्मोनमा आएको परिवर्तनले पनि देखा पर्ने गर्छ । कसैलाई पोसिलो खानपानको कमीका कारणले पनि देखा पर्ने गर्छ ।

यो समस्या हुन नदिने उपाय भनेकै शरीरमा भिटामिन डिको कमी हुन नदिनु नै हो । यदि शरीरमा भिटामिन डिको कमी भएन भने हामीले खाने गरेको खानेकुराबाट प्राप्त क्याल्सियमलाई यसले सोसेर हड्डीलाई कमजोर हुन दिँदैन ।

यो रोगबाट बच्ने उपाय भनेको उमेर ढल्कँदै गएपछि बेलाबेलामा शरीरको परीक्षण गरिरहनु नै हो । यो बाहेक दैनिक न्यूनतम पनि ३० मिनेट हिड्डुल गर्ने, बिहानको घाममा १५–२० मिनेट बस्ने, आधा घण्टा भन्दा बढी कसरत गर्ने, शरीरमा भिटामिन डिको कमी भएमा डाक्टरसँग परामर्श गर्ने गर्नुपर्छ ।

यो समस्या हुन नदिन कुनै पनि व्यक्तिले आफ्नो खानामा क्याल्सियम र प्रोटिन भएको खानेकुराको सेवनलाई बढाउनु पर्छ । दुग्ध पदार्थ र यसबाट बनेका खानेकुराहरूको सेवन गर्ने, टुसा उम्रिएको र मौसमी फलफूलको सेवनलाई बढाउन सकेमा यो रोग लाग्ने समस्या कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?