सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

लोकपथ
70
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

बैठकले बाढी पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएपछि आवश्यक उद्धार, पीडितलाई राहत र मृतकका परिवारलाई क्षतिपूर्ति दिनेबारेमा छलफल गरिनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरिसकेका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?