राष्ट्र बैंकको निर्देशनपछि सेयर बजारमा हरियाली, फाइनान्स समूहमा लगानीकर्ता आकर्षित

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरमा कडाई गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । कात्तिक १ गतेदेखि लागु हुनेगरी बैंक तथा वित्तीय संस्थाहरुले बढाएर ब्याजदर प्रकाशन गरेपछि केन्द्रिय बैंकले मंगलबार बेलुकी ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर वृद्धिमा अंकुश लगाएको थियो ।
योसँगै सेयर बजारमा सकारात्मक संकेत देखिएको छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएसँगै सेयर बजार प्रभावित बनेको थियो । तर राष्ट्र बैंकले ब्याजदर निर्धारणमा सीमा तोकिदिएसँगै सेयर बजारमा उत्साह छाएको हो । निरन्तर घटिरहेको बजार बढेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।

आज बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६०.५६ अंकले बढेर २५७१.६६ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि १२.०९ अंकले बढेर ४८४.०५ बिन्दुमा पुगेको छ ।
बुधबार कुल २१७ कम्पनीको ६१ लाख १ हजार ४१४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँको कारोबार भएको छ ।


कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । आज फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक बढेको छ ।

त्यसैगरी, हाइड्रोपावर अन्य समूह, विकास बैंक, होटल एण्ड पर्यटन र व्यापार समूहको सेयर मूल्य सर्वाधिक बढेको छ ।

आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?